कञ्चनपुर : कञ्चनपुरबाट अबैध सालको काठ बरामद गरिएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीबाट अबैध सालको काठ प्रहरीले बरामद गरेको हो।
४५ दशमलव २७ क्युफिट अबैध सालको काठ शनिबार दिउँसो अस्थायी प्रहरी पोष्ट बन्साहबाट खटिएको प्रहरी टोलीले जमिनभित्र लुकाई राखेको अवस्थामा फेला पारेको हो।
बरामद गरिएको काठ सव–डिभिजन वन कार्यालय कलुवापुरको जिम्मा लगाएको प्रहरीले जनाएको छ।