धनगढी : धनगढी उपमहानगरपालिकाको प्रवेशद्वारमा जग्गा कारोबारीले ताला लगाएका छन्।
कित्ताकाट गरेर जग्ग्गाको कारोबार सहज गर्नुपर्ने भन्दै तालाबन्दी गरिएको हो। प्रवेशद्वारमा जग्गा कारोबारीले लगाएको ताला भने तत्काल फुटाइएको छ। नगर प्रहरीले ताला फुटाएको हो।
धनगढीका जग्गा कारोबारीले कित्ताकाट हुनुपर्ने माग गर्दै तालाबन्दी गरेपनि धनगढी उपमहानगरले बनाएको कित्ताकाट सम्बन्धी कार्यविधिको बिरोध गर्दै सर्वोच्चमा दायर रिटका कारण जग्गाको प्लटिङ र कित्ताकाट रोकिएको उपमहानगरले जनाएको छ।
जग्गा कारोबारीले अदालतमा मुद्दा हालेका कारण अदालतको अन्तिम फैसला नआउन्जेल उपमहानगरले चाहेर पनि जग्गाको प्लटिङ र कित्ताकाट गर्ने अवस्था नभएको नगर प्रमुख गोपाल हमालले बताए।
नगर प्रमुख हमालले सर्वोच्चमा हालेको मुद्दाका कारण कित्ताकाट रोकिएको बताए। उनले मुद्दा फिर्ता लिएपछि प्लटिङको जग्गाको कित्ताकाट सम्बन्धी निर्णय लिन सकिने अवस्था रहेको बताएका छन्।