चिसापानीमा मोटरसाइकल दुर्घटना

धनगढी : चिसापानी र लम्कीचुहा नगरपालिकाको बिचमा गोरुङ्गेमा मोटरसाइकल दुर्घटना भएको छ।

मोेटरसाइकल दुर्घटना हुदा पञ्चपुरी नगरपालिका–६ सर्खेतका मोटरसाइकल चालक प्रकाश बुढा गम्भिर घाइते भएका छन्। चिसापानीबाट लम्कीतिर आइरहेको रा ४ प १५२६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते बुढाको लालरत्न अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

Dhangadhi 2081
Loading...