कर्णाली पुल मर्मतको कार्य सकियो, यातायात सुचारु

धनगढी : कर्णाली पुल मर्मत भएसँगै आजबाट यातायात सुचारु गरिएको छ।

सोमवार कर्णाली पुलमाथि गुड्दागुड्दै ट्रकमा आगलागी हुँदा पुलका १४ ओटा तारमा क्षति हुँदा बाटो बन्द गरिएको थियो।

पुल मर्मत भएसँगै आजबाट यातायात सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Dhangadhi 2081
Loading...