अत्तरिया : धनगढीका एक बालक ६ दिनदेखि बेपत्ता छन् ।
धनगढी उपमहानगरपालिका–६ मटियारी बस्ने १३ वर्षीय रमित कठायत गत फागुन ३० गतेदेखि बेपत्ता रहेका हुन् ।
पञ्चोदय स्कुलमा कक्षा ७ मा अध्यनरत उनी ३० गते बेलुका कसैलाई नसोधी घरबाट निस्केको र आजसम्म सम्पर्कमा नआएको बताइएको छ ।
उनलाई कसैले कहीँ कतै देखे ९८५८७८४८१८ मा सम्पर्क गरी खबर गरिदिन उनको परिवारले आग्रह गरेको छ ।
