धनगढी : कैलालीबाट वन मुद्दा र बैकिंङ कसुर मुद्दामा एक महिलासहित तीन फरार दोषी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना ठहर भई फरार रहेका वन मुद्दामा ६ महिना कैद सजाय र ३ हजार ६७५ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१० बस्ने कल्लु राना र सोही मुद्दामा ४६ हजार ९१६ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने दिर्घ चौधरी रहेका छन्।
यस्तै बैकिंङ कसुर मुद्दामा १९ लाख ८४ हजार १ सय जरिवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–२ बस्ने सरस्वती देबी चन्द पक्राउ परेकी छिन्।
अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका तीनवटै प्रतिवादीहरुलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
