धनगढी : धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने समयमा चक्का फुस्किएको छ।
सोमबार काठमाण्डौँबाट धनगढीका लागि उडेको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज अवतरण गर्ने समयमा एउटा चक्का फुस्कीएको हो। जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
जहाज अवतरण हुने समयमा खसेको एउटा चक्का खोज्न विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारी नै खटिएपछि चक्का झाँडीमा फेला परेको हो। जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ।
जहाजमा प्राविधिक समस्या आएपछि यस्तो भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए। साथै जहाजमा देखिएको समस्याको विषयमा आवश्यक अनुसन्धान समेत गरिने भएको छ।
