नब गायिका बिकको गायिका बन्ने सपना पुरा गर्न सहयोग संकलन अभियान

परिगाउँ : डडेल्धुराकी नब गायिका तुलसी बिकको गायिका बन्ने सपना पुरा गर्न सहयोग संकलन अभियान सुरु गरिएको छ ।

उनको सांगितिक यात्रामा सहज होस भनि जिल्लाको भागेश्वर गाउँपालिका वडा नं.१ का युवा मोहन सिँह ठकुराठीले आर्थिक सहयोग अभियान सुरु गरेका हुन ।

डडेल्धुराको भागेश्वर गाउँपालिका वार्ड नम्बर १ मा जन्मीनु भएकी नब प्रतिभा गायिका बि.क. टेलिभिजन कार्यक्रम ईन्द्रेणीमा आफ्नो सांगितिक प्रस्तुती दिएपछी पछिल्लो समय मिठो स्वरका कारण चर्चामा आएकी हुन ।

नव गायिका बि.क.हाल सांगितिक क्षेत्रमा संघर्ष गर्दै राजधानी काठमाण्डौमा रहेकी छिन।अभियान चलाएपछी देश तथा बिदेशबाट सहयोग आइरहेको युवा ठकुराठीले बताए।

“मैले बहिनी को जिबनमा केहि हदसम्म भए पनि घाउमा मलम लाउने गरि तुलसी बहिनी लाई आर्थिक सङ्कलन गर्ने अभियान चलाएको छु, देश तथा बिदेशबाट धेरै सहयोगीहरुले सहयोग पनी गरिहेका छन”, ठकुराठीले भने “यो अभियानमा सबैले सक्दो सहयोग गरि हाम्रो ठाउँको बहिनी लाई देशभरी चिनाउनमा तपाईहरुको सहयोग रहेने भएकाले सबैले सक्दो सहयोग गरिदिन अनुरोध गर्दछु ।”

सहयोगका लागी :

Dhangadhi 2081
Loading...