कञ्चनपुरमा भारतीय नागरिक लागुऔषधसहित पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलेन्स टीमले जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट १० दशमलब २ ग्राम लागुऔषधसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार पैदल आउदै गरेको अवस्थामा उत्तराखण्ड प्रदेशको लखिमपुर ग्राम खजुरीया भारतका चौहानलाई पक्राउ गरिएको हो।

पाइन्टको गोजीमा पोको पारेको अवस्थामा लागुऔषध बरामद गरिएको प्रहरीले बताएको छ। उनलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

Dhangadhi 2081
Loading...