कञ्चनपुरमा अवैध सामान बरामद

अत्तरिया : कञ्चनपुरमा मंगलबार एक लाख बढीको अवैध सामान बरामद गरिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१० गज्जरबाट अन्दाजी १ लाख १० हजार ६२० मूल्यको अवैध सामान बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले एम्पलिफायर, माइक, एम्पलिफायरको तार, गन्जि, हाफ पाइन्ट, लेडिज टि सर्ट, जुत्ता, टायर लगायतका सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरेको कञ्चनपुर प्रहरीले बताएको छ ।

बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

Dhangadhi 2081
Loading...