मालिका यातायात प्रालिको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा मालीका यातायात प्रालि को पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज (बुधबार) अत्तरियामा रहेको नमस्ते होटेल को सभाहलमा एक कार्यक्रमका बिच सभा सम्पन्न भएको हो । मालीका यातायात प्रालि का अध्यक्ष जय बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभासदस्य प्रकाश बहादुर बम प्रमुख अतिथी रहेका थिए ।

उक्त कार्यक्रममा बिभिन्न यातायातका प्रतिनिधी, यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगाएतका बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिीती रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । पुर्ण सिहँ खत्रीले शुभकामना मन्तब्य राखेको कार्यक्र्रमको सञ्चालन समितीका महासचीव राजेन्द्र खड्काले गरेका थिए ।

साथै आज नै बन्दसत्रबाट नयाँ कार्यसमिती चयन हुने बताइएको छ ।

Dhangadhi 2081
Loading...