अत्तरिया : मालिका यातायात प्रालिको अध्यक्षमा पुनः जय बहादुर खड्का चयन भएका छन् ।
बुधवार प्रालिको अत्तरियामा सम्पन्न पाँचौँ साधारण सभाबाट खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । समितिको उपाध्यक्षमा मोहन नाथ योगी, महासचिवमा दुर्गा प्रसाद अधिकारी, कोषाध्यक्षमा देवेन्द्र शाह चयन भएका छन् ।
साधारण सभाबाट कुल बहादुर महराको अध्यक्षतामा उद्धार समिति चयन गरिएको छ भने जगवीर थापाको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । आज मालीका यातायात प्रालि का अध्यक्ष जय बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभासदस्य प्रकाश बहादुर बम प्रमुख अतिथी रहेका थिए ।
उक्त कार्यक्रममा बिभिन्न यातायातका प्रतिनिधी, यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगाएतका बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिीती रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । पुर्ण सिहँ खत्रीले शुभकामना मन्तब्य राखेको कार्यक्र्रमको सञ्चालन समितीका महासचीव राजेन्द्र खड्काले गरेका थिए ।
नमस्ते होटेल को सभाहलमा एक कार्यक्रमका बिच सभा सम्पन्न भएको थीयो ।
