बैतडीमा यात्रु बोकेको जिपमा अवैध मदिरा

बैतडी : बैतडीमा यात्रु बोकेको जिपबाट १५ पेटी अवैध मदिरा बरामद गरिएको छ।

पाटन बजारदेखि पाटन–७ कैलपाल जादै गरेको से १ ज ५२२ नम्बरको जिपमा लुकाइछिपाइ लगिरहेको मदिरा बाजापानी नजिकबाट अस्थायी प्रहरी पोष्ट बयलाचोराले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बरामद गरेको मदिरा मध्ये १३ पेटी लिची र १ पेटी बियर तथा थप एक पेटी अन्य ब्राण्डको मदिरा रहेको प्रहरीले जनाएको छ। मदिरा बरामद गरिएको जिपमा यात्रु समेत सवार रहेकाले यात्रुलाई सम्बन्धित ठाउँमा पु¥याउनलाई हाल जिपलाई छोडिएको प्रहरीले जनाएको छ।

अवैध मदिरा बारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...