अत्तरियाका डिएसपी बरालको सरुवा, सिन्धुलीबाट थापा आउने 

अत्तरिया : कैलालीको ईलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बरालको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार १४१ जना डीएसपी संगै बरालको पनि सरुवा गरिएको हो ।

बरालको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखा सरुवा गरिएको छ । उनको स्थानमा वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यरत गंगा बहादुर थापा आउने भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी कुलदिप चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा पठाइएको छ । उनको स्थनमा जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा आउने भएका छन् ।

सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी सरुवा भएको जनाईएको छ ।

Dhangadhi 2081
Loading...