बैतडीमा श्रीमानको कोदालो प्रहारबाट घाइते भएकी पार्वतीको मृत्यु

अत्तरिया : बैतडीमा श्रीमानको कोदालो प्रहारबाट घाइते भएकी ५६ वर्षीया पार्वती धामीको मृत्यु भएको छ ।

उनको दिउँसो साढे तीन बजे डिलाशैनी अस्पताल धामीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको हो । आज बिहान डिलाशैनी गाउँपालिका–७ का ६२ वर्षीय किसनसिंह धामीले श्रीमतीसहित ३ जनालाई कोदालो प्रहार गरेका थिए ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको मृत्यु भएको र अन्य दुई जनालाई कोहलपुर रिफर गरिएको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्टलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर पठाइएको प्रवक्ता जोशीले बताए । कलौनी र भट्ट धामीको घरमा डेरा गरी बस्दै आएका छन् ।

घटनाको कारण भने खुलेको छैन । घटनाबारे प्रहरीले किसनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Dhangadhi 2081
Loading...