अत्तरिया बजार क्षेत्रका सडकमा जेब्रा क्रसिङ बोर्ड

अत्तरिया : कैलालीको अत्तरिया बजार क्षेत्रका सडकमा जेब्रा क्रसिङ बोर्ड राखिएका छन् ।

इलाका प्रहरी मालाखेतीले सडकको बिच भागमा ६ वटा जेब्रा क्रसिङ बोर्ड राखेको हो । प्रहरीले धनगढी–अत्तरिया, अत्तरिया–महेन्द्रनगर, अत्तरिया–पूर्व रोडमा जेब्रा क्रसिङ रिफ्लेक्टिभ होडिङ बोर्ड राखेको जनाएको छ ।

जेब्रा क्रसिङमा यात्रुलाई सुरक्षित तवरले आवागमन र ओभर स्पिडलाई नियन्त्रण तथा रोकथाम गर्ने जनाइएको छ ।

Dhangadhi 2081
Loading...