कञ्चनपुरको बेलौरीबाट लागुऔषधसहित दुई महिला पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट लागुऔषधसहित दुई जना महिला पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–४ शान्तिपुरबाट ९२ ग्राम ७१ मिलिग्राम लागुऔषधसहित दुई जनालाई प्रहरीले बिहीवार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही ठाउँका ४८ वर्षीया प्रेमसागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Dhangadhi 2081
Loading...