अत्तरिया : ग्लोबल आईएमई बैंक अत्तरिया शाखाले एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिबिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराई सो कार्यक्रम सञ्चालन गरेको हो ।
युवा तथा विद्यार्थीहरुमा वित्तीय सचेतना जगाउने, वित्तीय जालसाजीको बारेमा सचेत गराउने, बचत गर्ने बानीको विकास गराउने, सही वित्तीय निर्णय लिने क्षमताको विकास गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
कार्यक्रममा ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको जनाइएको छ ।
