परिगाउँ : डडेल्धुराका एक जना भारतमा सम्पर्कविहिन भएका छन।
जिल्लाको परशुराम नगरपालीका ५ परिगाउँ घर भएका हाल भारतको पञ्जाब, लुधीयाना डिएमसिको क्यान्टिनमा काम गर्दै आएका ४७ बर्षीय रामदत्त भट्टराइ सम्पर्कविहिन भएका हुन।
गत फागुन २९ गते (मंगलबार) सम्म परिवार को सम्पर्कमा रहेका उनी फागुन ३० गते (बुधबार) बिहान (भारतिय समय ६ बजेर २३ मिनेट)मा काम गर्ने ठाउँबाट सम्पर्कविहिन भएको उनको परिवार स्रोतले जनाएको छ ।
आज ११औँ दिन बित्दा समेत कसैले नभेटेको र आफन्त सबै निरन्तर खोजीमै रहेको उनका भाइ हिरादत्त भट्टराइका छोरा नरेन्द्र प्रसाद भट्टराइले बताए । मानसिक अवस्था पनी मानसिक सन्तुलन पनी सामान्य रहेका भट्टराइ एक्कासी सम्पर्कविहिन हुँदा उनको परिवार चिन्तामा छ ।
उनलाइ कहिकतै कसैले देखेमा नजीकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९७६५३२३२०६,९८४३९७६७८५ र ९८४६९०५२९५ मा सम्पर्क गर्न उनको परिवारले अनुरोध गरेको छ ।
