कैलालीको धनगढीमा दुई फरार दोषी पक्राउ

धनगढी : कैलालीको धनगढीका दुई फरार दोषी पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका ७ बस्ने ४२ वर्षीय नेकीराम राना र सोही ठाउँ बस्ने ४० वर्षीय धनीराम रानालाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीको फैसलाले जाल साक्षी मुद्दामा जनही २ हजार ८१२ जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए। फैसला कार्यान्वयनको लागि दुवै जनालाई प्रहरीले अदालत समक्ष पेश गरेको छ।

Dhangadhi 2081
Loading...