कर्णाली नदीमा हाम फालेका युवक बेपत्ता

धनगढी : कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन्।

सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन्।

नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन्। तर बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Dhangadhi 2081
Loading...