बैतडीमा जबरजस्ती करणी मुद्दामा फरार रहेका तीन जना दोषी पक्राउ

बैतडी : जबरजस्ती करणी र सार्वजनिक कसुर बिरुद्धको मुद्दामा फरार बैतडीका तीन जना दोषी पक्राउ परेका छन्।

३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका–३ बस्ने अमर सिह धामी, मनोज सिह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्र सिह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि तीनै जनालाई अदालत समक्ष पेश गरिसकेको केसीले बताए।

Dhangadhi 2081
Loading...