अत्तरियामा ग्यास सिलिण्डरबाट आगलागी हुँदा पसलमा क्षति

धनगढी : कैलालीको अत्तरियामा ग्यास सिलिण्डरबाट आगलागी हुँदा एक पसलमा क्षति पुगेको छ।

गोदावरी नगरपालिका–१ बसन्तपुरस्थित कुखुरा काट्ने टीन छायको पसलमा आगलागी भएको हो। टीनले छायको कच्ची पसलमा ग्यास सिलिण्डरबाट आगलागी भएको हो। आगलागीबाट पसलमा आंशिक क्षति पुगेको छ। आगलागीबाट चारवटा कुखुरा समेत चलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

Dhangadhi 2081
Loading...