कैलालीमा मच्छर मार्न बालेको आगोबाट एक गोठमा आगलागी

धनगढी : कैलालीको धनगढीको मनेहरा स्थित एक गोठमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–७ मनेहराको जे.पि.चोक बस्ने बाटु कामीको गोठमा मच्छर मार्नको लागि बालेको आगोबाट बुधवार राति आगलागी भएको हो।

आगलागी हुँदा गोठ भित्र रहेका २ वटा बाख्राका पाठा जलेको प्रहरीले जनाएको छ। बाटु कामीको पिठ्यू, हात र खुट्टामा जलेर सामान्य घाईते हुँदा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार पश्चात डिस्चार्ज भएकी छिन्।

गोठ पुर्ण रुपमा जली नष्ट भएको र उक्त आगलागीबाट भएको क्षतिको बिबरण आउन बाँकी रहेको जिल्ला प्रूहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Dhangadhi 2081
Loading...