धनगढीबाट काठमाडौं उडेको जहाज भैरहवामा अवतरण

धनगढी :कैलालीको धनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो ।

बिहीबार बिहान ७ बजेर १२ मिनेटमा धनगढी विमानस्थलबाट उडेको जहाज ९ बजेर ३४ मिनेटमा भैरहवास्थित विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले बताएका छन जहाज सो बिचमा आकाशमै होल्ड गरिएको थियो ।

जहाजमा ७७ जना यात्रु सवार थिए ।

Dhangadhi 2081
Loading...