वेदकोटको नर्सरीमा महिला मृत फेला

अत्तरिया : कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन् ।

प्रहरीका अनुसार जिल्लाको वेदकोट नगरपालिका–५ धरमपुरस्थित नर्सरीमा अन्दाजी ४६ वर्षीया महिला मृत फेला परेकी हुन् । कञ्चनपुर प्रहरीले उनको पहिचान नखुलेको बताएको छ ।

ती महिला खैरको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनको शव पोष्टमार्टमका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Dhangadhi 2081
Loading...