धनगढीको वडा नम्बर ६ मा सरसफाइ सप्ताह सुरु

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–६ मा सरसफाइ सप्ताह सुरु भएको छ।

वडा कार्यालयले सरसफाइ सप्ताह सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–६ का विभिन्न टोलहरूमा सरसफाइ सुरु गरिएको छ।

बिहिवार दोधारा टोलमा सरसफाइ गरिएको छ। सरसफाइ समितिकी संयोजक मीना अधिकारीको नेतृत्वमा वडाका टोलहरूमा सरसफाइ गरिएको हो।

सरसफाइमा स्थानीय नागरिक, बाल क्लब, सामाजिक परिचालक पशुपति सुवेदी लगाएतको सहभागिता रहेको थियो।

Dhangadhi 2081
Loading...