कैलालीको गोदावरीमा नवनिर्मित संस्कारशालाको उद्घाटन

अत्तरिया : कैलालीको गोदावरीधाममा नवनिर्मित संस्कारशाला (भवन) कोे उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर ४ स्थीत गोदावरीधाममा शुक्रबार गोदावरी नगपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले अन्तिम संस्कार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले संस्कारशाला (भवन) को निर्माण गरिएको बताए । उनले गोदावरीमा विभिन्न ठाँउबाट शवहरु आउने भएकाले कतिपय बाहिरबाट आउने व्यक्तिहरुलाई अन्तिम संस्कारका लागि स्थानको आवश्यकता परिरहेको बताउदै अब यो संस्कारशालाले सहजता हुने विश्वास लिएको बताए ।

Dhangadhi_Tihar 2083

त्यस्तै नगर उपप्रमुख शारदा देवी रोकायाले कोठा भाडामा बस्ने लगायतका व्यक्तिहरुलाई अन्तिम संस्कार गर्न निकै समस्या रहेको बताउदै उनले अब भने समाधान हुने बिश्वास लिईन् । उनले गोदावरी प्रदेशकै मुख्य प्रवेशद्धार भएकोले गोदावरीधाममा संस्कारशालाको निकै आवश्यकता देखेर नगरपालिकाले भवन निर्माण गरेको बताईन् ।

गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले संस्कारशाला (भवन) को निर्माण पछि जनताका पक्षमा काम भएको बताएका छन्। गोदावरीधाममा थुप्रै विकास निर्माणका काम भए तर संस्कारशाला पुर्णरुपमा जनता लागि निर्माण भएको संरचना रहेको उनले बताए ।

सहरी विकास संघिय कार्यान्वयन ईकाइ धनगढीको आर्थिक सहयोगमा चारकोठे भवन निर्माण गरीएको हो । भवनको हत्तिनाथ निर्माण सेवाले भ्याट बाहेक २८ लाख ५० हजारमा गत फाल्गुनमा ठेक्का लिएको थियो ।

Loading...