हाम्राे बारेमा
सुदुरपश्चिम प्रदेशको प्रवेशद्धार कैलालीको अत्तरियामा अत्तरिया सञ्चार संघद्धारा सञ्चालित सामुदायिक रेडियो अत्तरिया ९२ मेघाहर्ज संचालनमा रहेको छ । ५०० वाट क्षमताको बिद्यूतीय तंरग मार्फत तराई र पहाडलाई लक्षित गरी १८ घण्टे नियमित यस रेडियोको प्रसारण सुरु गरिएको छ ।
हाल तराईको कैलालीमा गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका श्रोताहरु माँझ सुनाउन सफल भएका छौं, र अन्य पालिकाकाका श्रोताहरु माँझपनि हामी सुनाउने प्रयासमा छौ ।

समाज परिवर्तनसंगै सुदुरको विकासलाई गति दिन र यहाँको कलासंस्कृतिलाई उजार गर्नुका साथै यहाँका पर्यटकिय क्षेत्र सम्भावनाहरुको खोजी तथा प्रचारप्रसारका माध्यमले अगाडी बढीरहेका छौ ।
यहाँको विकासलाई गति दिने तथा हरेक समस्याहरुको समाधानका निम्ती सम्बन्धीत निकायसम्म पुर्याउने र खबरदारी गरी अगाडी बढिरहेको यस संस्थाको विकासका लागि यहाँको अमूल्य सहयोग, सल्लाह, सुझावको अपेक्षा हामीले गरेका छौ ।
