धनगढी : कैलालीको धनगढीमा ४ दशमलव ५ किलो चरेससहित एक जना पक्राउ परेका छन् । आज (शनिबार) कैलाली धनगढी उप-महानगरपालिका-८ क्याम्पस चोक नजिकबाट चरेससहित एक जना पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङगानाको कमाण्डमा खटिएको प्रहरी टोलिले बझाङको केदारस्यु गाउँपालिका-७ का ४२ वर्षीय जनक धामीलाई नियन्त्रणमा लिएको हो ।
कालो झोलामा ४.५ किलो चरेस र ७५ हजार रुपैयाँ नगदसहित धामीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पुगाइएको छ ।