दार्चुला : दार्चुला र बझाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका-१ साङपाङमा बरभगे भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको हो ।
स्थानीय प्रेम बडालका अनुसार बुधबार बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै बझाङको जयपृथ्बी नगरपालिका-३ बमडीगाउँमा ६५ वर्षीय सिंह विष्टको भिरबाट लडेर मृत्यु भएको छ ।
तलकोट गाउँपालिका-६ दानतोलामा छोरीलाई भेटेर फर्कने क्रममा लडरे सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिहं तीन अगाडी मात्रै छोरी भेट्न भारतबाट बैतडी आएका थिए । सिंह सपरिवारसहित भारतमा बस्दै आएका थिए ।