धनगढी : कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१ मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया-धनगढी सडक खण्डमा मोटरसाइकल अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको थियो ।

सुदूरपश्चिम प्रदेश ०१-००८ प ९९९८ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको हो ।
मोटरसाइकल पल्टिदा चालक गम्भिर घाईते भएका थिए । उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चालकको नामथर, वतन अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ ।