डोटीमा भिरबाट लडेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

डोटी : डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका-४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी घरदेखि कैलालीको सहजपुर जानेक्रममा जोरायल-४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन् ।

उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...