धनगढी : कैलालीमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। दशैँको अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो। कैलालीमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले मदिरा सेवन गरेर सवारी चलाउने गरेका कारण दशैंको समयमा सवारी दुर्घटना बढेको बताएको छ । जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख गंगाबहादुर सारुले सार्वजनिक सवारी सञ्चालन नचलेको समयमा मोटरसाइकल र स्कुटरमा क्षमताभन्दा बढी यात्रु राखेर चलाउँदा र मादक पदार्थ सेवन गर्दा दुर्घटना बढेको हो ।
उनले भने, ‘यो अवधिमा ठुला सवारी दुर्घटना भएनन। बढी यात्रु भएका सवारी दुर्घटना भएको छैन् । दुई पाङ्ग्रे सवारी बढी दुर्घटना भएका छन् । युवाहरुले मापसे गरेर सवारी चलाउदा दुर्घटना भएके देखिन्छ।’ कैलालीमा दशैँको दिन सबैभन्दा बढी दुर्घटना भएका छन् । दशैँको दिन सबैभन्दा बढी मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन् ।
दशैँको समयमा दुई जनाको सिट क्षमता रहेको मोटरसाइकल र स्कुटरमा क्षमताभन्दा बढी व्यक्ति राख्ने तथा मदिरा सेवन गरेर चलाउने गरेका कारण दुर्घटना बढी भएको जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख सारुले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म १३ वटा दुर्घटना भएका छन् । जिल्लामा दशैँको समयमा भएका ती दुर्घटनामा परेर २५ जना घाइते भएका छन् ।
कैलालीमा दशैँको समयमा मात्र पाँच जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। दुर्घटनामा परेकाहरुमा अधिकाँस मदिरा सेवन गरेर सवारी चलाउने रहेको पाइएको छ । उनले भने, ‘विगतको भन्दा कम दुर्घटना भएका छन् । हामीले दुर्घटना घटाउने प्रयास पनि गरेका थियौ,अझै गर्दै छौ ।’ कैलालीका मुख्य राजमार्गहरु र ग्रामिण बस्तीका सडकहरुमा दशैँको समयमा धेरै दुर्घटना भएका छन् । दुर्घटनाको संख्या धेरै भएपनि ट्राफिक प्रहरीसँग पूर्ण विवरण भने छैन ।
ट्राफिक प्रहरी नपुगेको तथा ग्रामिण क्षेत्रका सडकहरुमा भएका दुर्घटनाको विवरण प्राप्त नभएको ट्राफिक प्रहरीले बताएको छ । ट्राफिक प्रहरी प्रमुख सारुले १७ गतेदखि हालसम्म मोटरसाइकल र स्कुटर बढी दुर्घटना भएको बताए । सुदूरपश्चिम प्रदेश प्रहरीले दुर्घटना न्यूनिकरणका लागि दशैंको समयमा ठुलो संख्यामा प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको दाबी गरेको थियो । तर, यही समयमा सबैभन्दा बढी दुर्घटना भएको पाइएको छ ।
