अत्तरिया : कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-३ का ३८ वर्षीय दिपक कडेलको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

कडेललाइ लम्कीचुहा नगरपालिका-१ पुर्ब लम्की स्थित सुदूरपश्चिम प्रदेश ०१००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले ठक्कर दिदा उनी गम्भिर घाइते भएका थिए । घाइते कडेलको उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।
बस र बस चालक कैलालीको लम्कीचुहा नगरपालिका-८ का ३२ वर्षीय नेत्रप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।