गोदावरीबाट लागू औषध कारोबारी पक्राउ

अत्तरिया : कैलालीको गोदावरीबाट लागू औषध कारोबारी एक युवक पक्राउ परेका छन ।

शुक्रबार साँझ गोदावरी नगरपालिका-५ गेटा लागू औषध हेरोईनको कारोवार भई रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागू औषध कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका-१३ का २३ वर्षीय प्रबिन्द राना रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट १ ग्राम ३१० मिलिग्राम लागू औषध हेरोईन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...