पत्रकार महासंघ कैलालीको सदस्यमा अत्याधिक मतका साथ ओझा निर्वाचित

अत्तरिया : नेपाल पत्रकार महासंघ कैलाली शाखाको शुक्रवार सम्पन्न निर्वाचनमा बालकृष्ण ओझा अत्याधिक मतका साथ विजयी भएका छन् । अत्तरिया अनलाइनका प्रबन्धक ओझा महासंघको सदस्यमा सबैभन्दा बढी मतका साथ विजयी भएका हुन् ।

१० सदस्य पदका लागि भएको निर्वाचनमा ओझाले सबैभन्दा बढी १०४ मत पाएका थिए । पत्रकार महासंघ कैलालीको निर्वाचनमा १५१ जनाले मतदान गरेका थिए । अन्य सदस्यमा कैलाश जोशी ९८, दिनेश विष्ट ९६, गगन अयडी ८५, रतनलाल चौधरी ८४, वीरेन्द्र शाह ७४, लोकु सिंह ठकुरी ६९ र चन्द्र प्रसाद खनालले ६८ मत प्राप्त गरेका थिए । यस्तै महिला सदस्यमा अनिता चौधरीले ८७ र दलित सदस्यमा विवेक कुमार नागरीले ७७ मत पाएका छन् ।

पदाधिकारीमा बिराज रोस्याराले १०४ मत, सचिवमा तेजराज भट्ट १ सय, कोषाध्यक्षमा सुनिल आउजीले ९६, सह-सचिव (समावेशी) मा निराजन परियारले ७९ मत पाएका छन् ।

यसअघि पत्रकार महासंघ कैलालीको अध्यक्षमा श्रवण देउवा, महिला उपाध्यक्षमा भावना जोशी र सह-सचिवमा शङ्कर बोहरा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका थिए ।

जिल्लामा ३ जना पदाधिकारी र ३ जना सदस्य निर्विरोध निर्वाचित हुँदा ४ पदाधिकारी र १० सदस्यका लागि निर्वाचन भएको हो ।

Loading...