कैलालीबाट लागुऔषध खैरो हिरोइन सहित एक युवक पक्राउ

अत्तरिया : कैलालीबाट लागुऔषध खैरो हिरोइन सहित एक युवक पक्राउ परेका छन ।

गोदावरी नगरपालिका –५ गेटी बस्ने २८ बर्षिय नबिन चौधरी लागुऔषध सहित पक्राउ परेका हुन । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती र गेटा चौकीबाट खटीएको शयुक्त प्रहरी टोलीले चौधरीको घरबाट लागुऔषध बरामद गरेको जनाइएको छ ।

विशेष सूचनाको आधारमा चौधरीको घरमै खानतलासी गर्दा ४ ग्राम २७० मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र डिजीटल तराजु बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

Loading...