अटोको ठक्करबाट साइकलयात्री घाइते

अत्तरिया : धनगढी–अत्तरिया छ लेन सडकको गेटामा अटोको ठक्करबाट एकजना घाइते भएका छन्।

अत्तरियादेखि धनगढी जादै गरेको से १ ह १९०५ नम्बरको अटोको ठक्करबाट साइकलयात्री २५ वर्षीय रामसिंह राना शुक्रवार घाइते भएका हुन्।

घाइते रानाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको र अटो चालक कैलाली–५ का ५५ वर्षीय दिपेन्द्र चौधरी घाइतेसँगै अस्पतालमा रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

अटो गेटा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Loading...