धनगढी : सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आजदेखि धनगढी-विराटनगर भिआईपि सोफा एसी बस सेवा शुभारम्भ गरेको छ । यसअघि धनगढीदेखि बिराटनगर सम्मको बस सेवालाई सेवा स्तोरन्न्ति गर्दै आजदेखि धनगढी-विराटनगर रुटमा समेत स्तरीय भिआईपि सोफा एसी बस सेवा शुभारम्भ गरेको हो । सेवाको सुदूरपश्चिम यातायात प्रालिका क्षेत्रीय उपाध्यक्ष तथा पुराना यातायात ब्यबसायी गिरि प्रसाद श्रेष्ठले उदघाटन गरेका छन ।
यात्रुको सहजता, सुविधा र आरामलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिएको प्रालिले जनाएको छ । नयाँ रुटमा सञ्चालन हुने बसमार्फत यात्रुले आरामदायी, सुरक्षित र स्तरीय यात्रा सेवा पाउने अपेक्षा गरिएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रा।लि।का अध्यक्ष पदमराज सापकोटाले यात्रुको माग र आवश्यकतालाई मध्यनजर गर्दै धनगढी-विराटनगर रुटमा सेवा विस्तार गरिएको बताए ।
बिगत २८ बर्षदेखि नियमित सेवा दिदै आएको यो रुटमा सेवालाई थप व्यवस्थित गर्दै आजदेखि धनगढी-विराटनगर भिआईपि सोफा एसी सेवा समेत शुभारम्भ गरेको बताउदै अध्यक्ष सापकोटाले यात्रुलाई सुरक्षित, आरामदायी र गुणस्तरीय सेवा दिनु प्रालिको मुख्य उद्देश्य रहेको बताए ।
प्रालिका अनुसार धनगढीबाट बिहान ११ .३० बजे बस छुट्नेछ भने विराटनगरबाट दिउँसो १२.०० बजे धनगढीका लागि बस प्रस्थान गर्नेछ भने एकतर्फि भाडादर ४ हजार १०२ रुपैया कायम गरिएको प्रालिले जानकारी दिएको छ । प्रालिले आफ्नो सेवा र प्रतिबद्धतालाई “स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना” भन्ने नारासहित अघि बढाउदै आएको छ ।
सेवा शुभारम्भ कार्यक्रममा यातायात व्यवसायी, कार्यसमिति सदस्य तथा मजदुरहरूको सहभागिता रहेको थियो । नयाँ सेवाले सुदूरपश्चिम र पूर्वी नेपालबीचको यात्रालाई थप सहज, सुरक्षित र आरामदायी बनाउने अपेक्षा गरिएको छ । बस सेवा शुभारम्भ कार्यक्रममा प्रालिका पदाधिकारी, ब्यबसायी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
