डडेल्धुरामा जिप दुर्घटना, तीनजना घाइते

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन ।

बुधबार बेलुका जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप आइतबजारमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।

घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ ।

Loading...