डोटी : डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। आर्दश गाउँपालिका–३ काँडीकी ३५ वर्षीया राजुदेबी रोकाया घाइते भएकी हुन्।
भालुले रोकायाको हात, मुख कोतारेको तथा बायाँ खुट्टाका औँला चपाएको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।
रोकायालाई करेसा बारीमा काम गरिरहेका बेला हिजो (बुधबार) दिउँसो भालुले आक्रमण गरेको थियो। उनलाई थप उपचारका लागि कैलाली रेफर गरिएको छ।