डोटीमा बँदेलको आक्रमबाट एक महिलाको मृत्यु

डोटी : डोटीमा बँदेलको आक्रमबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ मा बँदेलको आक्रममा परेर घाइते भएकी बसीनाकी करिब ३५ वर्षीया जगुलीदेबी भुलको मृत्यु भएको हो ।

मंगलबार विहान ७२ वर्षीय भगी भुल र जगुलीदेबीलाई बँदेलले आक्रमण गरेको थियो । दुबै जनालाई उचारका लागि अस्पताल पुगाउने क्रममा जगुलीदेबीको बिच बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर निराजन श्रेष्ठले बताए ।

जगुलीदेबीको टाउँको र दुबै खट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक सीताराम विष्टले बताए ।

भगी भुलको भने टाउँकोमा सामान्य चोट लागेको छ । विहान ९ बजे घर नजिकैको खेतमा घास काट्ने क्रममा बदेलले आक्रम गरेको थियो ।

Loading...