डोटीको गावरमा खोरमै पसेर बाघले ९ बटा बाख्रा मार्यो

डोटी : डोटीमा बाघले ९ बाख्रा मारेको छ। जिल्लाको जोरायल गाउपालिका वडा नम्बर ६ गावरमा बाघले खोरमा पसेर सबै बाख्रा मारेको हो।

सोमवार राति स्थानीय धर्मादेवी साँउदको घर नजिकैको बाख्रा खोरमा बाघ पसेर खोर नै रित्याईदिएको छ।

९ बटा बाख्रा रहेको खोरमा बाघले सबै बाख्रा मारेको हो। राति पसेको बाघले बाख्राको घाटीबाट रगत खाएर मारेर छोडेको छ ।

पहिले पनि सो क्षेत्रमा वनमा चर्न गएका बाख्रा बाघले मार्ने गरेको थियो।

Loading...