डोटीमा २ तले कच्ची घरमा आगलागी

डोटी : डोटीको एक घरमा आगलागी भएको छ।

पुर्बीचौकी गाउँपालिका २ कुडासैन बस्ने शरु देवी ठकुल्लाको २ तले कच्ची घरमा गोठको भान्सामा बालेको आगोबाट बुधवार आगलागी भएको हो। आगलागी हुँदा गोठमा रहेका ३ वटा गाई र १ वटा बाख्रा जलेर मरेका छन्।

गोठमा रहेको पराल, काठ लगायतका सामान गरि अन्दाजी मुल्य १ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएके छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...