डोटी : डोटीमा निःशुल्क पाँच दिने अर्थोपेडिक सर्जिकल शिविर सुरु भएको छ ।
जिल्ला अस्पताल डोटीमा आइतबारबाट निःशुल्क शिविर सुरु भएको हो । मेड–सोलुशन फाउन्डेसन स्वीजरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, दिपायल सिलगढी नगरपालिका र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो ।
शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश ज्ञवाली सहितको २५ जनाको टोलीले सेवा दिइरहेको छ ।
शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा विकृति जन्य समस्याहरू, हात खुट्टा भाँच्चिएका, भाँचिएर बाङ्गिएर जोडिएका, रड, पाता वा किला निकाल्ने, आगोले पोलेको, हात खुट्टामा भएका गाँठा गुठीहरू निकाल्ने लगायतका सेवा प्रदान हुने छन् ।