अत्तरिया : अत्तरियाका मोडेल ज्ञानेन्द्र खडकाद्वारा अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ । साइराम फिक्चरले युटुव च्यानलबाट नयाँ गित श्रीमान सार्बजनिक गरेको हो ।
गितको मोडेलमा ज्ञानेन्द्र खडका, स्मारिका ढकाललाई देख्न सकिन्छ भने हिमाल सागर र रचना रिमालले स्वर दिएको उक्त भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन ।
हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाइलो गित बनेर बजारमा आएको छ । गितको शब्द संगित उमेश मुस्कानले गरेका छन । पहिला बजारमा आएका गितले जस्तै यो गितले पनि धैरै माया पाउने बिस्वास रहेको र दर्सक श्रोताले खुबै मन पराउने मोडेल ज्ञानेन्द्र खडकाले बताए ।
काठमाण्डौ आसपासमा सुटिङ गरेको उक्त भिडियोमा ज्ञानेन्द्रको अभिनय बिगतको भन्दा परिपक्व देखिएको छ । यस अघि पनि खड्काले थुप्रै भिडियोमा अभिनय गरिसकेका छन ।
अत्तरिया उधोग बाणिज्य संघका सदस्य समेत रहेका ब्यबसायी खडका टिकटकमा पनि निकै सकृय छन । खड्का अत्तरियामा रहेको बडिमालिका रिकन्डीसन हाउसका सन्चालक समेत हुन ।
हेर्नुहोस् भिडियो
