अछाममा कपडा पसलमा आगलागी

धनगढी : अछामको एक कपडा पसलमा आगलागी भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाका जमुना देवी दमाईँको कपडा पसलमा आगलागी भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार राति आगलागी हुँदा चार थान सिलाई मेसिन, कपडा र नगद पाँच लाख रुपैयाँ जलेर नष्ट भएको छ।

स्थानीय अमर साउँदको घरमा समेत आगोले क्षति गरेको प्रहरीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...