अछामका एक वृद्धले ७२ वर्षमा नागरिकता पाए

अछाम : अछाममा एक वृद्धले ७२ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन्।

जिल्लाको मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले बुधवार जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन्।

Godawari_Badhi

साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका हुन्। रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन्।

बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएपछि खुसी लागेको साउदले बताए। लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन्।

उनले भने, “ढिलै भएपनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए।”

Dhn Upamahanagarpalika_Badhi
Loading...