बझाङमा घर सहित सेती नदीमा बगेका युवकको सकुशल उद्धार

बझाङ : बझाङको छबिसपाथिभेरामा पहिरो सँगै सेती नदीमा बगेका युवकको उद्धार गरिएको छ ।

छबिसपाथिभेरा गाउँपालिका-१ परिङ्गाल स्थित घर मुनिबाट सेती नदिले घरको छाना सहित बगाएका ३६ वर्षीय करन गिरीको उद्धार गरिएको हो ।

गिरी बुधबार राती सुतिरहेको बेला पहिरो खस्दा घरसहित सेती नदीमा खसेका थिए ।

नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले घाइते अवस्थामा उद्धार गरेको स्थानीय लक्ष्मीराज गिरीले बताए ।

Deep Jyoti Pustak psl
Loading...